लालबन्दी, ०४ पुस – लालबन्दी नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेललाई आज उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।
लुइँटेललाई लालबन्दी ६ स्थित उद्योग वाणिज्य संघ लालबन्दीको कार्यालयमा आमन्त्रण गरी स्वागत तथा सम्मान गरिएको हो । उनलाई उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महतो, संस्थापक अध्यक्ष देविबन्धु थापा, पूर्व अध्यक्षहरु नवराज मिश्र, कल्याणकुमार जोशीसहित संघका वर्तमान तथा पूर्व पदाधिकारी र व्यवसायी भएर स्वागत गरेका छन् ।
उपसचिव लुइँटेल पुस २ गते लालबन्दी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए ।