logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी र हरिपुर्वामा प्रमुख प्रशासकीय अधिकृत हाजिर


  • उज्यालो अभियान

लालबन्दी, ०२ पुस – सर्लाहीका दुई पालिका लालबन्दी र हरिपुर्वा नगरपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।

दुवै नगरपालिकामा उपसचिव स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन् । लालबन्दी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव पितानाथ लुइँटेल हाजिर भएका छन् ।

लुइँटेललाई नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, अन्य जनप्रतिनिधि र कर्मचारी भएर स्वागत गरेका छन् ।

उता हरिपुर्वा नगरपालिकामा पनि आज नै उपसचिव सन्जिव साह प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका छन् ।

लालबन्दी नगरपालिका उपसचिव वसन्त न्यौपाने अनिवार्य अवकाश र हरिपुर्वा उपसचिव सिकिन्द्र साह सरुवा भएर गएदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका थिए ।