फाइल तस्बिर ।
गोडैता, २८ मंसिर – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीगाउँमा आगलागीबाट एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।
लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएको आगोले स्थानीय शिवजी पासवानको गोठ जलेर नष्ट भएको हो । आगलागीमा परेर एउटा बाख्रा जलेर मरेको छ भने एउटा गाई र बाख्राका दुईवटा पाठापाठी घाइते भएका छन् ।
प्रहरी चौकी मधुवनीगाउँका अनुसार आगलागीबाट गोठसहित गोठभित्र रहेको पाँच क्विन्टल धान, एक बोरा चामल, कपडा, चौपाय जल्दा एक लाख ७० हजार रुपियाँ बराबरको क्षति भएको छ ।