logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बनमारा घारीमा लुकाएर राखिएको भरुवा बन्दुक बरामद


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिवन, २७ मंसिर – हरिवन नगरपालिका–१, बेलडाँडाबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

बनमारा घारीमा लुकाइराखिएको अवस्थामा विष्फोटक पदार्थ (बारुद) भरेर राखिएको भरुवा बन्दुक बरामद भएको हो । बेलडाँडाका एक स्थानीयमाथि बन्दुकसमेत प्रयोग गरेर कुटपिट भएको सूचना पाएपछि चुरेभेगको दुर्गम क्षेत्रमा पर्ने बेलडाँडामा इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको नेतृत्वमा प्रहरी परिचालन भएको थियो ।

कुटपिटमा संलग्न व्यक्तिलाई खोजी गर्ने क्रममा घारीमा लुकाइराखिएको भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । बन्दुक राख्ने व्यक्तिको पहिचान भइसकेकाले उनको खोजी जारी रहेको प्रहरीले बतायो ।

कुटपिट भएका व्यक्ति नमूना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेका छन् ।