तस्बिर : अकलेश बैठा
मलंगवा, २७ मंसिर – सर्लाही जिल्ला पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा रामविनयप्रसाद साह चयन भएका छन् ।
आज सदरमुकाम मलंगवामा सम्पन्न नवौं जिल्ला अधिवेशनले साहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मतरुपमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सरोज गुप्ता, उपाध्यक्षमा मुकेशकुमार जैसवाल, सचिवमा राजकुमार साह, सहसचिवमा मुकेशकुमार ठाकुर, कोषाध्यक्षमा सन्जयप्रसाद गुप्तालगायत अन्य सदस्य रहेका छन् ।
यस्तै पूर्व जिल्ला अध्यक्ष रमेशकुमार खड्काको नेतृत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । अधिवेशनमा सर्लाही जिल्लाभरका पुस्तक व्यवसायी सहभागी भएका थिए ।