ईश्वरपुर, २६ मंसिर – सर्लाहीको चुरेवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा प्रहरीले साँढे ३ बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँके खोलै खोला गएर सिन्धुलीसँगको सीमा नजिकै पर्ने पिपलदमारमा लगाइएको साँढे ३ बिघाको गाँजा खेती नष्ट गरेको हो । अन्य बाली खासै नउब्जने चुरेभेगका स्थानीयले आम्दानी हुने गाँजा खेती गर्दै आइरहेका छन् ।
स्थानीयको राम्रो आम्दानीको स्रोत भएपनि नेपालको कानूनले गाँजा खेतीलाई अवैधानिक मानेको छ ।