मलंगवा, २५ मंसिर – जिल्ला समन्वय समिति सर्लाहीमा उपसचिव कमलबहादुर कार्की हाजिर भएका छन् ।
कार्की यसअघि पनि जिल्ला समन्वय समिति (साबिक जिविस) को समन्वय अधिकारी थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय अधिकारीको रुपमा सरुवा गरेर पठाएको कार्कीलाई हिजो सदरमुकाम मलंगवास्थित कार्यालयमा जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, उपसभापति जितेन्द्र कुशवाहलगायत भएर स्वागत गरेका छन् ।