logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाही फेरि सहायक सिडिओविहीन, बिदा भए उपसचिव पोखरेल


  • उज्यालो अभियान

मलंगवा, २२ मंसिर – जिल्ला प्रशासन कार्यालय सर्लाही पुनः सहायक प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्लाहीमा सहायक सिडिओको रुपमा कार्यरत उपसचिव शिवहरि पोखरेललाई केही दिनअघि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो । पोखरेल आज जिल्ला प्रशासन कार्यालय मलंगवाबाट बिदाबारी भएर गएका हुन् ।

उनलाई प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका कर्मचारीलगायत भएर बिदाई गरेका छन् । ईश्वरपुर नगरपालिका ५ निवासी युवा उमेरकै रहेका उपसचिव पोखरेल ५ महिनाअघि सर्लाहीको सहायक सिडिओको रुपमा हाजिर भएका थिए ।

पोखरेल सरुवा भएर गए पनि उनको ठाउँमा सर्लाहीमा सहायक प्रमुख जिल्ला अधिकारी पठाइएको छैन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा सिडिओमाथि कार्यभर थपिने गरेको छ ।