लालबन्दी, २२ मंसिर – लालबन्दी नगरपालिका–७, मा रहेको जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई आज शैक्षिक सामग्री वितरण गरिएको छ ।
लालबन्दी नगरपालिका ७ निवासी गोपाल अधिकारी र दीपेन्द्र अधिकारीले स्वर्गिय आमा सीतादेवी अधिकारीको सम्झनामा जानकी माविका विद्यार्थीलाई ५० थान ब्याग, कापी र डटपेन प्रदान गरेका हुन् । समाजसेवी राजकुमार न्यौपानेको पहलबाट आज विद्यालयको कक्षा १ र २ मा पढ्ने बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
सहयोगदाता दीपेन्द्र अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरालाल महतो, अन्य शिक्षक, लायन्स क्लब लालबन्दीका साथीभाईको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरेका विद्यालयले जनाएको छ ।