logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

बलरामा शाखा अधिकृत साहलाई पुनः प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी


  • उज्यालो अभियान

बलरा, २१ मंसिर – सर्लाहीको बलरा नगरपालिकामा शाखा अधिकृत सुशीलकुमार साहले फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साहलाई आर्थिक अधिकारसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । नगरपालिकामा उपसचिवस्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।

मन्त्रालयले गएको भदौ दोस्रो साता उपसचिव धर्मानन्द जोशीलाई बलरामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठायो । त्यसअघि शाखा अधिकृत साह नै निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए ।

उपसचिव जोशीलाई मन्त्रालयले केही दिनअघि अन्यत्र सरुवा गरेर पठाएपछि शाखा अधिकृत साहलाई जिम्मेवारी प्रदान गरिएको हो । प्रमुख प्रशासकीय अधिकृतको रुपमा साहलाई आज नगर प्रमुख रामाशंकरप्रसाद कुशवाहसहितका जनप्रतिनिधिले फूलमाला, अबिर र खादा लगाएर स्वागत गरेका छन् ।

प्रायः पालिकाहरुमा दरबन्दी अनुसारका कार्यालय प्रमुखलाई टिक्न नदिने र आफू अनुकुलका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर कामकाज गर्ने परिपाटी रहेको छ ।