logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मलंगवा बजारमा सरसफाई


  • उज्यालो अभियान

मलंगवा, २० मंसिर – सर्लाही सदरमुकाम मलंगवा बजारमा आज बिहान सरसफाई गरिएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मलंगवा नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलको अगर्वा गण लगायतको समन्वयमा मलंगवाको मुख्य बजार क्षेत्रमा सरसफाई गरिएको हो । मलंगवा बजारमा यसरी विभिन्न अभियानका क्रममा सरसफाई कार्यक्रम हुने गरे पनि समुदायस्तरमा चेतनाको कमी र बेवास्ता गर्दै जथाभावी फोहोर फाल्नेक्रम भने रोकिन सकेको छैन् ।

जथाभावी फोहोर फालिँदा र अवस्थित नालाका कारण मलंगवाको भित्री गल्लीहरु अत्यन्त दुषित देखिन्छन् ।