logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

आगलागीबाट वृद्ध दम्पत्तिको घर जल्यो 


  • उज्यालो अभियान

हरिपुर, २० मंसिर – सर्लाहीको हरिपुर नगरपालिका–२, भक्तपुर टोलमा आज दिउँसो आगलागी हुँदा दलित वृद्ध दम्पत्तिको घर जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीय बलराम नेपालीको घर जलेर ध्वस्त भएको हो । आगलागीको कारण खुल्न सकेको छैन् ।

वडाध्यक्ष निलबिक्रम थापाका अनुसार आगलागीमा परेर घरसहित वृद्ध दलित दम्पत्तिले लामो समयदेखि बचत गरेर राखेको सामाजिक सुरक्षा भत्ता, बाख्रापाठा बिक्री गरेर राखेको रकमसहित करिव चार लाख रुपियाँ नगदसमेत जलेर खरानी भएको छ । स्थानीय वासिन्दा, प्रहरी र नेपाली सेनाको पाँचकुमारीस्थित कालिध्वज गणबाट दमकल पुगे पनि दलित वृद्ध दम्पत्तिको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

घर जलेसँगै वृद्ध दम्पत्ति बिचल्लीमा परेका छन् । वडाध्यक्ष थापाले राहतका लागि सम्वन्धित निकायमा पहल गर्ने बताए ।

इलाका प्रहरी कार्यालय हरिपुरले आगलागीको सम्वन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । हरिपुरका प्रहरी निरीक्षक शिव कटेलका अनुसार पीडितले आगलागीबाट भएको क्षति प्रहरी कार्यालयमा आएर निवेदन दिँदा खुलाउने बताएका छन् ।