मलंगवा, १४ मंसिर – सर्लाही सदरमुकाम मलंगवामा गएसाँझ दीप प्रज्वलन गरिएको छ ।
महिला मानव अधिकार दिवसको अवसर पारेर मलंगवास्थित शहीद चोकमा दीप प्रज्वलन गरिएको महिला मानवअधिकार रक्षक सन्जाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रले जानकारी दिएका छन् ।
महिला मानव अधिकारको सम्मान, संरक्षण र अधिकारबारे सचेतना जगाउँदै हिजो महिला मानव अधिकार दिवससमेत मनाइएको अध्यक्ष मिश्रले बताउनुभएको छ ।