logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

हुलदङ्गा र आगलागी नियन्त्रणको अभ्यास


  • उज्यालो अभियान

कविलासी, १२ मंसिर – सर्लाहीका तीनवटै सुरक्षा निकायले आज हुलदङ्गा र आगलागी नियन्त्रणको अभ्यास गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कविलासीस्थित सशस्त्र प्रहरी बलको गण अगर्बामा संयुक्त रुपमा विपद् प्रतिकार्य अभ्यास गरेका हुन् । यसअघि आगलागी, बाढी, डुबानलगायतको प्रतिकार्य अभ्यास हुँदै आएकोमा यो पटक हुलदङ्गा अर्थात् मुठभेड नियन्त्रण सम्वन्धी अभ्याससमेत गरिएको हो ।

पछिल्लो समय जेनजी आन्दोलनसहित हुलदङ्गाका घटना बढेपछि सेना, प्रहरी र सशस्त्र प्रहरी भएर हुलदङ्गा नियन्त्रणसहितको संयुक्त विपद् प्रतिकार्य अभ्यास गरेका हुन् । विपद् प्रतिकार्य अभ्यासको निरीक्षण गर्दै कविलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायले विपद्को समयमा उद्धार र अन्य काममा सुरक्षा निकायको भूमिका प्रशङ्सायोग्य रहेको बताएका छन् ।

विपद् प्रतिकार्य अभ्यासको सर्लाहीस्थित कालिध्वज गण पाँचकुमारी ब्यारेकका गणपति उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलगायतले निरीक्षण गरेका छन् ।

सशस्त्र प्रहरीका उपरीक्षक चन्दले हुलदङ्गा तथा आगलागीको समयमा तीनवटै सुरक्षा निकाय परिचालित भएर काम गर्ने उद्देश्यसहित संयुक्त रुपमा प्रतिकार्य अभ्यास गरिएको जानकारी दिए ।