logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मलंगवा नगरपालिकामा आज शोक बिदा


  • उज्यालो अभियान

मलंगवा, १२ मंसिर – सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा आज शोक बिदा दिइएको छ ।

नगरपालिकाको वडा नं. १२ का वडा सदस्य जगर्नाथ साहको निधनमा नगरपालिकाले शोक बिदा दिएको हो । नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जारी गरेको शोक बिदा सम्वन्धी सूचनामा वडा सदस्य साहको गएराति निधन भएको उल्लेख गरिएको छ ।

वडा सदस्य साहको निधनप्रति दुःख व्यक्त गर्दै आज शुक्रबार एक दिनका लागि नगरपालिका र नगरपालिका मातहतका कार्यालयहरुमा शोक बिदा दिइएको नगरप्रमुख यादवले जानकारी दिए ।