logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मोटरसाइकल चोरेर भाग्दा भाग्दै पक्राउ


  • उज्यालो अभियान

चन्द्रनगर, ११ मंसिर – सर्लाहीको चन्द्रनगरमा आज बिहान मोटरसाइकल चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रनगर गाउँपालिका–७, नाढी टोल बस्ने रोहन कापरको प्रदेश २–०३–०११ प ९१३० नम्वरको मोटरसाइकल चन्द्रनगर गाउँपालिका–६, लोदवा टोलबाट चोरी भएको थियो । कापर ब्रह्मपुरी गाउँपालिकाको पडरिया गाउँमा जन्ती गएर घर फर्कदै गर्दा आज बिहान साढे ४ बजेतिर लोदवा गाउँ नजिक बाटोमा मोटरसाइकल रोकेर शौच गर्न जाँदा मोटरसाइकल नै चोरी भएको हो ।

उक्त मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा चन्द्रनगर गाउँपालिका–३, कोरियाही टोल बस्ने २५ वर्षीय बिनकुमार महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिए । इन्स्पेक्टर सिंहका अनुसार मोटरसाइकल चोरीमा संलग्न महतोलाई थप अनुसन्धानका लागि बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखिएको छ ।

जताततै मोटरसाइकल चोरीको घटना बढेर हैरान भइरहेको अवस्थामा प्रहरीले आज चन्द्रनगरमा भने मोटरसाइकल चोरी गरे लगत्तै चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो ।