logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

यो वर्ष उखुको मुल्य प्रतिक्विन्टल ७५० रुपैयाँ तोक्न किसानको माग


  • उज्यालो अभियान

हरिवन, १० मंसिर – देशभरमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीका उखु किसानले यो वर्ष उखुको प्रतिक्विन्टल मुल्य ७५० रुपैयाँ कायम गर्न माग गरेका छन् ।

उखु उत्पादक कृषकले हिजो कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई भेटेर यस वर्ष २०८२/८३ को क्रसिङ सिजनमा उखुको न्यूनतम समर्थन मुल्य प्रतिक्विन्टल ७५० रुपैयाँ तोक्न माग गरेको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले उज्यालो अभियानसँग बताए । उनका अनुसार सरकार, उद्योगी र किसानको त्रिपक्षीय सहमति अनुसार उखुको मुल्य तोक्नुपर्ने कृषकको माग गरिएको छ।

यसअघि २ दिन पहिले सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी, नवलपरासी र कञ्चनपुर जिल्लाका अगुवा उखु कृषक बसेर निर्णयसमेत गरेका छन् ।

उखु किसानले गत वर्ष २०८१/८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्विन्टल ३५ रुपियाँका दरले भुक्तानी पाउन बाँकी रहेकाले उक्त अनुदान रकम मङ्सिर १३ गतेभित्र भुक्तानी गर्न माग गरेका छन् ।

उखु उत्पादक महासंघ नेपाल सर्लाहीका अध्यक्ष श्यामबाबु रायले मंसिर १३ गतेसम्म गत वर्षको अनुदान रकम भुक्तानी नपाए आन्दोलनमा उत्रने तयारी गरिएको उज्यालो अभियानसँग बताए ।