logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मलंगवामा आज मदिरा र माछामासु बिक्री गर्न नपाइने


  • उज्यालो अभियान

मलंगवा, ०९ मंसिर – सर्लाही सदरमुकाम मलंगवामा आज माछामासु र मदिरा बिक्री गर्न निषेध गरिएको छ ।

विवाह पन्चमीको अवसरमा आज नगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा माछा मासुको विक्री वितरणमा रोक लगाइएको हो । नगरपालिकाका प्रशासन शाखा प्रमुख रामपुकार यादवले नगरभित्र आज एक दिन मदिरा र माछामासु बिक्री नगर्न सबैलाई आग्रह गरिएको सूचनामार्फत जानकारी गराएका छन् ।

सदरमुकाम मलंगवाका स्थानीयले आज विवाहपन्चमीको अवसरमा जनकपुरमा झैँ नगर परिक्रमा गराएर प्रतिकात्मक रुपमा राम र सीताको विवाह गराउने तयारी गरेका छन् ।