हरिवन, १७ कात्तिक – सर्लाहीमा आज (सोमबार) बिहान बाक्लो हुस्सु कुहिरो लागेको छ ।
बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभावका कारण बुधबार रातीदेखि निरन्तरको झरी आइतबार दिउँसोबाट रोकिएको थियो । वर्षा रोकिएर आइतबार दिउँसोबाट मौसम उघ्रिएपनि सोमबार बिहान भने बाक्लो हुस्सु कुहिरो लागेको हो । चक्रवातकै प्रभावका कारण यसवर्ष चाँडै हुस्सु कुहिरो लागेको मौसमविद्हरुको अनुमान छ ।
जिल्लामा यसवर्षकै पहिलोपटक यति बाक्लो हुस्सु कुहिरो लागेको हो । हुस्सु कुहिरो लागेसँगै चिसोपनि बढेको छ । अब जाडो मौसम सूरु भएकाले सर्बसाधारणलाई चिसोबाट बच्ने उपाउ अपनाउन स्वास्थ्य विज्ञहरुले आग्रह गरेका छन् ।