logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा नयाँ सीडीओले कार्यभार सम्हाले


  • उज्यालो अभियान

फाइल तस्बिर

मलंगवा, १७ कात्तिक – जिल्ला प्रशासन कार्यालय मलंगवाकाे प्रमुखकाे रुपमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामुराज कडरियाले साेमबारबाट कार्यभार सम्हालेका छन् ।

गाेरखाकाे सीडीओबाट सर्लाही प्रमुखकाे रुपमा आएका कडरियालाई सहायक सीडीओ शिवहरि भट्टराई लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले साेमबार बिहान कार्यालयमा स्वागत गरेका छन् । सीडीओ कडरियाकाे पूरानाे घर सर्लाहीकै बरहथवा नगरपालिकामा पर्दछ ।

गृह मन्त्रालयले केहि दिनअघि ३६ जना सहसचिवको सरुवा गर्दा सर्लाहीकाे सीडीओकाे रुपमा कडरियालाई खटाएकाे हाे । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सीडीओ तुलसी बहादुर श्रेष्ठकाे गाेरखामा सरुवा भएकाे छ । श्रेष्ठ गत विहिबार नै सर्लाहीबाट बिदाई भएर फर्किसकेका छन् ।