logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा ३६ घण्टासम्म वर्षा हुने अनुमान


  • उज्यालो अभियान

हरिवन, १३ कात्तिक – बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभावका कारण सर्लाहीसहित मधेश प्रदेशभरी वर्षा सूरु भएको छ ।

यसअघि विहिबार दिउँसोबाट मधेश प्रदेश हुँदै नेपाल प्रवेश गर्ने अनुमान गरिएको मोन्था चक्रवात बुधबार रातीबाटै प्रवेश गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मोन्था चक्रवात प्रभावका कारण बुधबार रातिदेखि नै सर्लाहीसहित मधेश प्रदेश तथा काठमाडौं उपत्यकासहित बागमती र कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल देखिएको मौसम प्रणाली अनुसार सर्लाहीसहित मधेश प्रदेश तथा कोशी प्रदेशमा अबको ३६ घण्टासम्म तथा काठमाडौं उपत्यकामा २४ घण्टासम्म वर्षा हुने बताइएको छ । अहिले हल्का वर्षा भएपनि आज (विहिबार) दिउँसोबाट भने भारी वर्षा हुनसक्ने भएकाले सर्लाहीसहित मधेश र कोशी प्रदेशस्थित नदितटीय क्षेत्रसहित जोखिमयुक्त स्थानका बासिन्दालाई सतर्क रहन मौसमविद्हरुले आग्रह गरेका छन् ।