logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिपुर २ लाई दोस्रो मेयर कपको उपाधि


  • उज्यालो अभियान

चिताइन, ०१ कात्तिक – सर्लाहीको हरिपुरमा आयोजित दोस्रो मेयर कपको उपाधि वडा नं. २ ले हात पारेको छ ।

वडा नं. ३ लाई ३–० ले पराजित गर्दै हरिपुर नगरस्तरीय मेयर कपको उपाधि वडा नं. २ ले जितेको हो । हरिपुर नगरपालिका–७, स्थित चिताइन खेल मैदानमा आयोजित फाइनल खेलमा वडा नं. २ लाई च्याम्पियन बनाउन शिवजी कुमर, रोहन बुढाथोकी र दिलिप धामीले एक÷एक गोल गरेका छन् ।

बिजेता हरिपुर २ ले प्रतियोगिताको ट्रफीसहित नगद एक लाख रुपियाँ प्राप्त गरेको छ । उपबिजेता हरिपुर ७ ले ५० हजार रुपियाँमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ दी म्याच वडा नं. २ का शिवजी कुमर, म्यान अफ दी सिरिज हरिपुर २ कै विकल्प थापा र सर्वाधिक गोलकर्ता हरिपुर ७ का श्रीतम चौधरीलाई समेत पुरस्कृत गरिएको छ । लक्ष्मीनाथ यूवा क्लब हरिपुर ७ चिताइनले नगरपालिका कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगिताको बिजेता, उपबिजेता र खेलाडीलाई संविधान सभा सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, आयोजक क्लबका अध्यक्ष नरहरि धामी, हरिपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख नागेश्वर राय, वरिष्ठ लेखा अधिकृत भूपेन्द्र सिंह, लेखा अधिकृत रन्जित रायलगायत भएर पुरस्कार वितरण गरेका छन् ।