logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

७० औँ प्रहरी दिवस मनाइयो


  • उज्यालो अभियान

मलंगवा, ३१ असोज – ७० औँ प्रहरी दिवस आज सर्लाहीमा पनि मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवा परिसरमा प्रहरी दिवस मनाइएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको अमर प्रहरी स्मारकमा माल्र्यापण, अमर प्रहरीका परिवारलाई सम्मानलगायतका कार्यक्रम गरी प्रहरी दिवस मनाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाही प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्काको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा ७० औँ प्रहरी दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राईले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङको शुभकामना सन्देश वाचन गरेर सुनाएका छन् ।