धनकौल, ३१ असोज – सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर एक बालिका बेपत्ता बालिकाको आजका लागि खोजी रोकिएको छ ।
रात परेसँगै आजका लागि खोजी कार्य रोकिएको हो । धनकौल गाउँपालिका–३, की सोनीकुमारी साह खोलाले बगाएर हिजैदेखि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए ।
बालिका लुगा धुन र नुहाउन भनी खोलामा पुगेकी थिइन् । स्थानीय र प्रहरी मात्रै भएर खोजी गर्दा अवस्था पत्ता लाग्न नसकेपछि आज दिउँसोदेखि महोत्तरीको बर्दीवासबाट आएको सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले समेत परिचालित भएको थियो ।
तर साँझ अबेरसम्म खोजी गर्दासम्म अवस्था पत्ता नलागेको र अब भोली बिहानैदेखि पुनः खोजी सूरु गरिने डिएसपी भट्टराईले बताए ।