logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीमा दलित वडा सदस्यको निधन, भोली नगरभर बिदा हुने


  • उज्यालो अभियान

लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।

लालबन्दी, २८ असोज – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरकी वडा सदस्य जयलस देवी पासवानको निधन भएको छ ।

लामो समयदेखि मृगौला, उच्च रक्तचापलगायत रोगबाट ग्रसित ६० वर्षीय दलित वडा सदस्य पासवानको आज बिहान भैरवपुरस्थित निवासमा निधन भएको हो । उनको अहिले फूलजोर र कालिन्जोर खोलाको दोभानमा अन्त्येष्टि भइरहेको लालबन्दी ३ का वडा अध्यक्ष वुद्धदेव चौधरीले उज्यालो अभियानसँग बताए ।

वडा सदस्य पासवानको पार्थिव शरीरमा नगरप्रमुख वासुदेव अधिकारीलगायतले श्रद्धान्जली व्यक्त गर्न पुगेका छन् ।

निर्वाचित वडा सदस्य पासवानको निधनपछि लालबन्दी नगरपालिकाले भोली शोक बिदा दिने तयारी गरेको छ । सूचना जारी गरेरै भोली नगरभर बिदाको घोषणा हुने नगरपालिका कार्यालयले जनाएको छ ।

जनप्रतिनिधिको निधन हुँदा पालिकाहरुले एक दिन बिदा दिने गरेका छन् ।

लालबन्दी ३ जब्दीमा गत वर्ष मात्रै अर्का वडा सदस्य जोधन ठाकुर हजामको निधन भएको थियो ।