प्रहरीले पक्राउ गरेको वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दास । (तस्बीर : वडाध्यक्ष दासकै फेसबुकबाट)
गोडैता, २२ असोज – प्रहरीलाई कुटपिट गरेको र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा पक्राउ परेका सर्लाहीको गोडैता नगरपालिका–७, का वडाध्यक्ष छोटेलाल भन्ने बिनेशकुमार दासविरुद्ध सर्लाही जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न ३ दिन म्याद दिएको छ ।
उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा आज सर्लाही जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर कारवाही अघि बढाइएको डिएसपी सरोज राईले बताए ।
वडाध्यक्ष पक्राउको विरोधमा आज दिनभर गोडैता बजार बन्द रह्यो ।