logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पर्सा गाउँपालिका ४ कविलासीका १०० घरधुरीमा खानेपानी सुविधा पुर्याइयो


  • उज्यालो अभियान

मलंगवा, १० असोज – सर्लाहीको पर्सा गाउँपालिका ४ कविलासी गाउँमा खानेपानी सुविधा पुर्याइएको छ ।

गाउँपालिकाले स्थानीय १०० घरधुरीमा घरघरमै खानेपानीको धारा झारिदिएको हो । खानेपानीको समस्या झेल्न बाध्य स्थानीय घरमै खानेपानीको धारा आएपछि खुसी भएका छन् ।

खानेपानी आयोजनाको आज गाउँपालिका अध्यक्ष धीरेन्द्र यादव विस्पद र उपाध्यक्ष नुतन देवी मण्डल भएर उद्घाटन गरेका छन् ।

आज नै पर्सा गाउँपालिका ४ कविलासी उत्तरवारी टोलमा ३५० घरधुरी लाभान्वित हुने गरी गाउँघर क्लिनिक संचालनमा ल्याइएको पर्सा गाउँपालिकाले जनाएको छ ।