logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जेनजी आन्दोलनमा ज्यान गुमाएका सुवेदीको परिवारलाई सरकारले १५ लाख पठायो


  • उज्यालो अभियान

लालबन्दी, १० असोज – जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलका देवकुमार सुवेदीको परिवारलाई सरकारले १५ लाख रुपैयाँ पठाइदिएको छ ।

मन्त्रीपरिषद्को निर्णय बमोजिम गृह मन्त्रालयले आज मृतकको परिवारको खातामा १० लाख आर्थिक सहायता र ५ लाख काजकिरिया खर्च गरी १५ लाख रुपैयाँ आर्थिक सहयोग पठाएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले उज्यालो अभियानलाई जानकारी दिए । उनले मृतकको परिवारलाई तत्काल जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा आउन आग्रह पनि गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले हामीसँग समन्वय गरेपछि उज्यालो अभियान दैनिकपत्रकारले मृतकको परिवारलाई घरमै भेटेर रकम प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालय मलंगवामा सम्पर्क गर्न भनिदिएका छन् ।

मध्यम परिवारका सुवेदीको मृत्युपछि उनको परिवार अप्ठेरोमा परेको छ ।