लालबन्दी बजार क्षेत्रको मौसम ।
लालबन्दी, ०८ असोज – सर्लाहीको उत्तरी भेगका धेरैजसो स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ ।
चुरेवर्ती क्षेत्र र पूर्वपश्चिम राजमार्गको लालबन्दीसहित आसपासको ठाउँमा मेघगर्जनसहित पानी परिरहेको हो । कतैकतै घामपानी भइरहेको छ ।
जिल्लाको दक्षिणी वर्ती क्षेत्रमा भने घाम लागेर गर्मी रहेको स्थानीयले बताएका छन् । सर्लाहीमा विगत ३ दिनदेखि अत्यधिक गर्मी हुँदा स्थानीय प्रभावित बनिरहेका छन् । तर चुरेवर्ती क्षेत्रमा दिउँसोदेखि मौसममा बद्ली आएर विभिन्न ठाउँमा पानी परिरहँदा स्थानीयले तत्कालका लागि राहत महसुस गरिरहेका छन् ।
यसअघि हिजो बेलुका पनि यहाँ मेघगर्जन भएपनि पानी पर्न नसकि टरेको थियो ।