लालबन्दी बजार क्षेत्रको मौसम ।
लालबन्दी, ०८ असोज – कतै पानी पर्दा र कतै मौसम बदली हुँदा सर्लाहीका स्थानीयले आज भने शित्तलताको महसुस गर्न पाएका छन् ।
यहाँ आज दिउँसोदेखि मौसम बदली भएको छ । उत्तरी चुरेभेगमा भारी वर्षासँगै जिल्लाको अन्य विभिन्न भेगमा केहीबेर सामान्य वर्षा भएको स्थानीयले जानकारी दिएका छन् । नत्र त यहाँ विगत ३ दिनदेखि चर्को घाम लागेर अत्यधिक गर्मी हुँदा स्थानीय प्रभावित बनेका थिए ।
आज दिउँसोबाट भने मौसम बदली भएर स्थानीयले शित्तलताको महसुस गर्न पाएका हुन् । अहिले साँझपख पनि जिल्लाको विभिन्न स्थानमा सिमसिम पानी परिरहेको स्थानीयले बताएका छन् ।
तर अहिले प्रायः खण्डवृष्टि अर्थात् नजिकै एक ठाउँमा पानी पर्ने र अर्को ठाउँमा नपर्ने भइरहेको हुन्छ ।