हरिपुर, ०८ असोज – सर्लाहीको हरिपुर नगरपालिका–२, मा रहेको ग्रामीण नारी उत्थान संघको आज संस्थागत समिक्षा बैठक तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले ईश्वरपुुर , हरिपुुर , कबिलासी ,बरहथवा तथा लालबन्दी नगरपालिकामा छवटा परियोजनामार्फत शिक्षा, स्वास्थ्य ,जिबिको पार्जन, सामाजिक सुुरक्षा लागायत समाजिक रुपान्तरणको काम गरिरहेको छ । सामाजिक लेखा परीक्षणमा सबै परियोजनाले गरेका खर्च विवरण सार्वजनिक गरिएको संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले जानकारी दिए ।
संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यतामा आयोजित लेखा परीक्षण कार्यक्रममा ईश्वरपुुर र हरिपुुरका बिभिन्न वडाध्यक्ष, बिषयगत शाखा प्रमुुख , बाल क्लबका प्रतिनिधि, साझेदार सस्थाका प्रतीनिधीलगायतको उपस्थिति रहेको थियो ।