logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

दुर्गा पूजाको अवसरमा निकालियो कलश यात्रा


  • उज्यालो अभियान

बरहथवा, ०६ असोज – दुर्गा पूजाको अवसरमा आज सर्लाहीका दर्जनौँ स्थानमा कलश यात्रा निकालिएको छ ।

स्थानीय वासिन्दा र युवा एकजुट भएर लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलंगवासहित २० वटै पालिकामा गाउँगाउँमा दुर्गा पूजाको कलश यात्रा निकालिएको हो । उक्त कलश अब ९ रातसम्म दुर्गा पूजा हुने स्थानमा लगेर राखिएको छ । दुर्गा पूजाको मुर्ति स्थापना गरिएको ठाउँमा ९ रातसम्म भजनकिर्तनसहितका कार्यक्रम हुने छन् ।

सर्लाहीमा दुर्गा पूजा स्थानमा झिँझिया नृत्य देखाउने प्रचलन पनि रहेको छ ।