logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विद्यार्थीलाई टीका लगाएर विद्यालय बिदा


  • उज्यालो अभियान

लालबन्दी, ०५ असोज – सर्लाहीका सामुदायिक विद्यालयहरु आजदेखि चाडपर्वको बिदाका लागि बन्द भएका छन् ।

एक महिना बढी बिदा हुने विद्यालय अब छठ पर्व सम्पन्न भएपछि कात्तिक दोस्रो साताबाट खुल्ने छन् । दशैँ, तीहार र छठ पर्वको बिदाका कारण सबैभन्दा लामो समयका लागि विद्यालय बन्द भएका हुन् । अब भोलीदेखि महान पर्व दशैँ सुरु हुँदै छ ।

शिक्षकहरुले आज आ–आफ्नो विद्यालयका विद्यार्थीलाई टीका लगाएर आर्शिवाद दिँदै घर पठाएका छन् ।

जिल्लाका निजी विद्यालयहरुले भने दोस्रो त्रैमासिक परीक्षा सुरु गरेका छन् । निजी विद्यालयहरु परीक्षा सकिएपछि मात्रै बन्द हुने निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले जनाएको छ ।