मलंगवा, ०५ असोज – सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सुवोध राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
रायले शंकास्पद व्यक्तिलाई नागरिकता प्रदान गर्न सिफारिस गरेको आरोपमा पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले पुष्टी गरेका हुन् । राईका अनुसार वडाध्यक्ष यादवलाई आजै सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले यस सम्वन्धमा थप विवरण सार्वजनिक गर्न बाँकी छ ।