बयलवास, ०३ असोज – सर्लाहीको ईश्वरपुर नगरपालिका ९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विद्यालय रामनगर मनहर्वाको नवनिर्मित ८ कोठे भवनको आज उद्घाटन गरिएको छ ।
भवनको नगरप्रमुख मनोजकुमार आचार्य र उपप्रमुख रन्जितादेवी चौधरीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । संघीय सरकारको १ करोड १३ लाख र नगरको बाँकी बजेटसहित करिव २ करोड रुपैयाँ खर्चिएर विद्यालय भवन निर्माण गरिएको विद्यालयले जनाएको छ ।
नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहजता भएको शिक्षक, विद्यार्थीले बताएका छन् ।