बलरा, ०१ असोज – विश्लेषक एवं वरिष्ठ पत्रकार चन्द्रकिशोर झालाई पितृशोक परेको छ ।
सर्लाहीको बलरा नगरपालिका–४ जब्दी स्थायी घर भएका चन्द्रकिशोरका पिता राजेन्द्र झाको वीरगन्जमा निधन भएको हो । वरिष्ठ पत्रकार एवं मधेश मामिलाका जानकार चन्द्रकिशोरले ९२ वर्षको उमेरमा बुवाको निधन भएको जानकारी दिए ।
जनस्वास्थ्य कार्यालयबाट सेवानिवृत भएका झा केही समयदेखि पिसाबसम्बन्धी रोगसँग जुध्दै आएका थिए । उनी वीरगन्जस्थित घरमा बसेर उपचार गराइरहेका थिए ।
झाको दाहसंस्कार पछि काजकिरिया बलराबाट भइहेको छ ।
परिवारका सदस्यका अनुसार झाका पत्नी तथा चन्द्रकिशोरसहित तीन छोरा र दुई छोरी रहेका छन् ।