logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

६ वटा प्रहरी चौकी अझै खाली


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ३० भदौ – जेनजीको आन्दोलनका कारण एक साताअघि विस्थापित भएका सर्लाहीका छवटा प्रहरी चौकीमा अझै प्रहरी फर्किन सकेका छैनन् ।

प्रहरी कर्मचारी नै असुरक्षित भएपछि गएको मङ्गलबार र बुधबार जिल्लाका एक दर्जन प्रहरी चौकीका प्रहरीलाई नजिकको इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय झिकाइएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले कबिलासी, ब्रह्मपुरी, कौडेना, नारायणपुर, औरही र मलङ्गवास्थित पेट्रोल पम्पमा रहेको प्रहरी चौकी खाली रहेका जानकारी दिए ।

प्रदर्शनकारीले आगजनी तथा तोडफोड गरेर कार्यालयमा क्षति पु¥याएकाले यि छवटा प्रहरी चौकीमा तत्काल प्रहरी पठाउन सम्भव नभएको डिएसपी राईले उज्यालो अभियानसँग बताए । विस्थापित भएका प्रहरी चौकीमा अहिले जनप्रतिनिधि, स्थानीय वासिन्दा भएर मर्मतको काम गर्न सुरु गरेका छन् । मर्मत भएपछि प्रहरी चौकीहरुमा पुनः प्रहरी पठाइने डिएसपी राईको भनाइ छ । उनका अनुसार आन्दोलन चर्किएपछि असुरक्षाका कारण उठाइएका तर प्रहरी चौकीमा कुनै क्षति नभएका घारिबथान, परवानीपुर, सोल्टी, राजघाट, फूलजोर, हजरिया, मधुवनगोठ, सङ्ग्रामपुरलगायत स्थानका अस्थायी एवं स्थायी प्रहरी चौकीहरुमा भने प्रहरी फर्किसकेका छन् ।

जिल्ला सुरक्षा समितिका पदाधिकारीले अनुगमन गर्न जाँदा स्थानीयले तत्काल प्रहरी फर्काइदिन माग गरे अनुसार खाली गरिएका प्रहरी चौकीहरुमा धमाधम प्रहरी फिर्ता पठाउन थालिएको हो ।