logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

राँगाले हानेर वृद्धको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिवन, ३० भदौ – सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा राँगाले हानेर एक जना वृद्धको मृत्यु भएको छ ।

स्थानीय ६७ वर्षीय दीलबहादुर घिमिरे खत्रीलाई आफैले पालेर जोत्ने गरेको राँगाले हानेर मृत्यु भएको हो । बाहिर चौरमा रहेको राँगा गोठमा ल्याउन भनी गएका खत्री धेरैबेरसम्म फर्किएर नआएपछि परिवारका सदस्यले हेर्न जाँदा घाइते अवस्थामा फेला पारेका थिए ।

उनलाई तत्कालै उपचारका लागि नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनायो । मृतक खत्रीको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि आज परिवारले बुझेका छन् ।