logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पालिकाले सूचना निकालेर भने-चोरी गरेको समान फिर्ता गर्नुस्, नत्र कारवाही हुन्छ


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय परिसरमा लागेको आगोको धुवाँको मुस्लो । (तस्बिर : सामाजिक संजाल)

हरिवन, ३० भदौ – सर्लाहीका स्थानीय तहहरुले जेनजी पुस्ताको नाउमा भएको प्रदर्शनका क्रममा नगरपालिका र वडा कार्यालयहरुबाट चोरी गरिएको समान फिर्ता गरिदिन आग्रह गरेका छन् ।

ठुलो क्षति बेहोरेका लालबन्दी, हरिवन, बागमती, बरहथवा, ईश्वरपुर, हरिपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाले सूचना नै जारी गरेर कोही कसैले सामग्री चोरी गरेर लगेको भए फिर्ता गरिदिन आग्रह गरेका हुन् । आन्दोलनको क्रममा आगजनी र तोडफोड गर्न पुगेका कतिपयले नगरपालिका, गाउँपालिका र वडा कार्यालयबाट कम्प्युटर, प्रिन्टरसहितका सरसामग्री चोरी गरेर लगेको फोटो तथा भिडियो सार्वजनिक भइरहेका छन् ।

पालिकाहरुले त्यस्ता व्यक्तिले तत्काल समान फिर्ता नगरे कारवाहीमा जाने चेतावनी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले समेत आन्दोलनको नाउमा त्यसरी चोरी, डकैतीमा संलग्न व्यक्तिले तत्काल पालिकाको समान फिर्ता नल्याए कारवाही अघि बढाउने बताइसकेको छ ।