logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ट्राफिक प्रहरीलाई लायन्स क्लबद्वारा खाद्यान्न सहयोग


  • उज्यालो अभियान

लालबन्दी, ३० भदौ – लायन्स क्लब लालबन्दीले नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीलाई खाद्यान्न सहयोग गरेको छ ।

जेनजी पुस्ताको तोडफोडबाट क्षति बेहोरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई क्लबका पदाधिकारी मिलेर आज खाद्यान्न सहयोग गरेका हुन् । ट्राफिक प्रहरीलाई १० बोरा चामल, ७ किलो दाल र ५ किलो चना प्रदान गरिएको लायन्स क्लब अफ लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

क्लबका पदाधिकारी तथा सदस्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा पुगी कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक रजोश घिमिरे र अन्य ट्राफिक प्रहरी कर्मचारीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । यस्तै ट्राफिक प्रहरी कार्यालयका प्रमुखका लागि लालबन्दी ९ बस्तिपुरस्थित आइडिएल–को–एड एकेडेमीले एक थान कुर्सी प्रदान गरेको छ ।

जेनजी पुस्ताको प्रदर्शनको क्रममा कार्यालय भवन र सवारी साधनमा क्षति पुग्दा ट्राफिक प्रहरीलाई सेवा प्रवाह गर्न समस्या परिरहेको छ ।