logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीको मौसम बदली : बिहानैदेखि विभिन्न स्थानमा वर्षा


  • उज्यालो अभियान

लालबन्दी, २९ भदौ – सर्लाहीको मौसम आज बिहानैदेखि बदली भएको छ ।

यहाँ कतै पानी पर्ने र कतै पानी पर्ला जस्तो भई मौसम धुम्मिने भइरहेको हो । यसअघि हिजो बेलुकापख पनि जिल्लाको लालबन्दी, नवलपुर, हरिपुर, बयलवास, बरहथवालगायत क्षेत्रमा केहीबेर भारी वर्षा भएको थियो ।

अहिले नजिकै एक ठाउँमा पानी पर्ने र छेउमै अर्को ठाउँमा पानी नपर्ने अर्थात् खण्डवृष्टि हुने गरेको छ । अहिलेको पानीले धान, मकै, कोदो, उखुलगायतका बालीलाई फाइदा पुगेको छ ।

गोलभेँडाको बेर्ना सार्ने बेला भएको किसानलाई भने असर गरेको छ । यसैबिच, आज कोशी, बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहने छ । देशका पहाडी तथा तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पूर्वको कोशीसहित बागमती र गण्डकीका पहाडी एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।