logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बालबालिकालाई अभिमुखीकरण प्रदान


  • उज्यालो अभियान

हरिपुर, १९ भदौ – सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकाका बाल समूह तथा संजालमा आवद्ध २४ जना बालबालिकालाई एक दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

सिडा संकल्प परियोजनाअन्तर्गत सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामिण नारी उत्थान सङ्घ, हरिपुर(२ को आयोजनामा भएको तालिममा प्रशिक्षक शान्ती राम भण्डारीले बाल बालिकालाई सेफ गाइडिङ सम्बन्धी प्रशिक्षण दिएका हुन् ।

कार्यक्रम संस्थाका सचिव सूर्य प्रसाद चालिसेको अध्यक्षतामा सुरु भएको थियो । सो अवसरमा संस्थाका उपाध्यक्ष विष्णु प्रसाद चालिसेले बालबालिकालाई आफ्नो अधिकारसँगै कर्तव्यप्रति सचेत गराउने लक्ष्य कार्यक्रमले लिएको जानकारी दिए ।

तालिममा बाल अधिकार, सुरक्षा, बालमाथि हुने दुर्व्यवहारका स्वरूप र त्यसका संकेतबारे व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ । साथै बालमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, संरचनागत र कार्यान्वयन पक्षबारे समेत जानकारी दिइएको थियो ।

संस्थाकी अध्यक्ष गोमा देवी न्यौपानेका अनुसार यस किसिमका तालिमले बालबालिकाको चौतर्फी विकासमा टेवा पुर्‍याउनेछ र उनीहरूलाई आफु कसरि सुरक्षित रहने, आफ्नो अधिकार संग संगै कर्तव्य पालना गर्न प्रेरणा प्रदान गरिएको छ ।

अडियो भिज्वल प्रणालीको तथा समुह कार्यले गर्द तालिम धेरै प्रभावकारी भएको ईश्वरपुर १० का समाज सुधार बाल समुहका सह(कोषाध्यक्ष मो।तौसिप पठानले बताए ।