logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विद्यालय र विद्यार्थीलाई एनएमबी बैंकको सहयोग


  • उज्यालो अभियान

लालबन्दी, १८ भदौ – एनएमबी बैंकले लालबन्दीको एक विद्यालय र त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लालबन्दी नगरपालिका ५ मेजरगन्जमा रहेको अमरज्यान निम्न माध्यमिक विद्यालयमा सहयोग प्रदान गरेको हो । सो विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई २ लाख ६० हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको एनएमबी बैंक लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्यले जानकारी दिए । उनका अनुसार विद्यालयमा एक थान वाटर फिल्टर, २ थान पंखा, ५० जना विद्यार्थीलाई झोला, १२० जना विद्यार्थीलाई टि–सर्ट र खेलकुद सामग्री प्रदान गरिएको छ ।

बैंकका कर्मचारीले लालबन्दी ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु), विद्यालयका प्रधानाध्यापक सत्यनारायण भण्डारी, शिक्षक, अभिभावकलगायतको उपस्थितिमा विद्यालय र विद्यार्थीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।