logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

निजामती कर्मचारी दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता हुने


  • उज्यालो अभियान

लालबन्दी, १८ भदौ – निजामती कर्मचारी दिवस २०८२ को अवसरमा सर्लाहीको लालबन्दीमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

कर्मचारी मिलन केन्द्रको आयोजनामा आगामी शनिबार भदौ २१ गते लालबन्दीस्थित ब्याडमिन्टन कभर्ड हलमा जिल्लास्तरीय पुरुष र महिला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा संघ, प्रदेश, स्थानीय तह लगायत जिल्लास्थित विभिन्न संस्थान तथा वित्तीय संस्था अन्तर्गतका कार्यालयहरुमा कार्यरत कर्मचारी मात्र सहभागी हुन पाउने बताइएको छ ।

आयोजकले शुक्रबारसम्ममा एक हजार रुपैयाँ दस्तुर तिरेर प्रतियोगितामा खेलाडीको नाम दर्ता गराइसक्न समय प्रदान गरेको छ । निजामती कर्मचारी दिवसको अवसरमा अन्य कार्यक्रम पनि हुने कर्मचारी मिलन केन्द्र सर्लाहीले जनाएको छ ।