logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पोखरीमा डुबेर बालिकाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

मलंगवा, १६ भदौ – सर्लाहीको मलङ्गवा नगरपालिका–६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवान रहेको प्रहरीले जनाएको छ । बालिका खेल्नेक्रममा पोखरीमा गएर डुबेको स्थानीयले बताएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।