logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

दिनभर बत्ती नआउने


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

मलंगवा, १६ भदौ – मलंगवा वितरण केन्द्र अन्तर्गतको केही क्षेत्रमा आज दिनभर बत्ती काटिने भएको छ ।

एच टि र एल टि लाइन मर्मत कार्य गर्न खुटौना, सिमरा, फेन्हरा, घोरदौरीलगायत क्षेत्रमा विद्युत आपूर्ति ठप्प गर्न लागिएको हो । मर्मतका लागि आज बिहान ९ बजेदेखि दिनभर नै विद्युत अवरुद्ध हुने मलंगवा वितरण केन्द्रले सूचना जारी गरेर जानकारी गराएको छ ।

अत्यधिक गर्मीमा दिनभर विद्युत नहुने भएपछि स्थानीय भने समस्यामा परेका छन् । अरु बेला पनि मर्मत गर्दा होस् वा नगर्दा घण्टौँ बत्ती काट्ने समस्या रहेको मलंगवा वितरण केन्द्रका ग्राहकले गुनासो गरेका छन् ।