logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

गणेश पूजाको मुर्ति बिर्सजन हुँदै, व्यापक प्रहरी परिचालन


  • उज्यालो अभियान

मलंगवा, १३ भदौ – सर्लाही सदरमुकाम मलंगवामा अहिले कडा सुरक्षाका बिच गणेश पूजाको मुर्ति विर्सजन कार्य भइरहेको छ ।

अस्तीदेखि सुरु भएको गणेश पूजाको मुर्ति आज नजिकैको पोखरीमा लगेर बिर्सजन गर्न लागिएको हो । डिजे बाजासहित ठुलो संख्यामा स्थानीय उपस्थित भएर नगर परिक्रमा गराउँदै मुर्ति विर्सजनका लागि पोखरीतर्फ लगिरहेका छन् ।

नगरपरिक्रमाको क्रममा कुनै किसिमको विवाद सिर्जना हुन नदिन ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका छन् ।

मलंगवामा प्रत्येकजसो चाडपर्वमा निकालिने र्यालीमा प्रहरीले यसैगरी सुरक्षा पहरा दिने गरेको छ ।

सदरमुकाम मलंगवासहित बरहथवा, कविलासी, पर्सा, बयलवासलगायत स्थानमा गणेश चतुर्थीको अवसरमा गणेश पुजासँगै मेला आयोजना गरिएका छन् ।