हरिवन, १२ भदौ – सर्लाहीको मौसम आज बदली भइरहेको छ ।
यहाँ कतैकतै सिमसिम पानी परिरहेको छ त कतै मधुरो घाम लागिरहेको स्थानीयले बताएका छन् । यहाँ हिजो बेलुकापख पनि मौसम बदली भएको थियो ।
गएसाँझ हरिवन र आसपासको क्षेत्रमा ठुलो पानी परेको छ । राति ७ बजेपछि करिव एक घण्टासम्म मुसलधारे वर्षा भएको हरिवनका स्थानीयले बताएका छन् ।
सर्लाहीमा यो वर्ष उत्तरी भेगमा बेलाबेलामा पानी परिरहेकै छ । तर दक्षिणी बेल्टमा पानी निकै कम परेको छ । पानी कम पर्दा धान बाली प्रभावित भएको स्थानीय किसानले बताएका छन् ।
धान बाली जोगाउन किसानले पप्पसेट र मोटर चलाएर सिँचाई गरिरहेका छन् ।
मौसममा आएको बदलीपछि यहाँ गर्मी केही कम भएको महसुस स्थानीयले गरेका छन् ।