logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज हरितालिका तीज मनाइँदै


  • उज्यालो अभियान

लालबन्दी, १० भदौ – आज हरितालिका तीज पर्व सर्लाहीसहित देशभर मनाइँदैछ ।

नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउन लागेका हुन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा सर्लाहीसहित देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ ।

तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ । स्वास्थ्य मानिस र शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान उनीहरूको सुझाव छ । राहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ ।

सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने सकिने धर्मशास्त्रमा पनि उल्लेख छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।

यस्तै तीजको दिन आज सर्लाहीका विभिन्न मन्दिर तथा चोक, चौतारा र सार्वजनिक स्थलमा नाचगानसहित भव्यरुपमा सांस्कृतिक कार्यक्रम हुँदै छन् । लालबन्दीको डुमडुमे, हरिवनको सुखेपोखरीलगायत गाउँगाउँका मन्दिरमा तीजको दिन उल्लेख्य संख्यामा महिलाहरु उपस्थित भएर नाचगान गर्ने प्रचलन रहेको छ ।

यसैगरी आज नै सर्लाहीको ग्रामीण भेगमा चौरचन पर्व पनि मनाइँदै छ ।