लालबन्दी, ०९ भदौ – सर्लाहीको लालबन्दीमा आज ७४ जनाले रक्तदान गरेका छन् ।
विश्व बन्धुत्व दिवस एवं राजयोगिनी प्रकाशमणी दादीको १८ औँ पुण्य तिथीको अवसरमा आयोजित कार्यक्रममा १८ महिलासहित ७४ जनाले रक्तदान गरेका हुन् । लालबन्दी ७ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्र (ओमशान्ति) भवनमा नेपाल रेडक्रस सोसाइटी शाखा मलंगवासँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको आयोजकका गोकर्ण पौडेलले जानकारी दिए ।
रक्तदान कार्यक्रमको मधेश प्रदेश सभा सदस्य बेची लुंगेली आफैले रक्तदान गरेर उद्घाटन गरेकी थिइन् ।
यस्तै, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बागमती सोल्टीमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।